मङ्सिरभित्र पुनःनिर्माणको अनुदान वितरण गरिने

शनिबार, भदौ २६, २०७८

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा निजी आवास पुनःनिर्माणका लागि अनुदान वितरण आगामी मङ्सिरभित्र गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको आर्थिक अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमा भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम मङ्सिरपछि सम्बन्धित मन्त्रालय र विभागमा जाने जानकारी दिए ।  विषयगत मन्त्रालयमा गएपछि सम्बन्धित विभाग कार्यालयले ती काम गर्नेछन् । भूकम्पपछिको पुनःनिर्माणको काम गर्न स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि आगामी पुस १० गते सकिँदैछ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार