सोसल मिडिया
Contact Us
युनिकोड
बझाङ । सडक भासिँदा जयपृथ्वी राजमार्ग बिहीबार बिहानदेखि अवरुद्ध भएको छ । बझाङको सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने उक्त राजमार्गको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेतमा सडक भासिँदा अवरुद्ध बनेको हो । सदरमुकाम चैनपुर भित्रियका सवारी साधनहरु राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, सदरमुकाममै रोकिएका छन् । सदरमुकाम चैनपुरबाट सिमखेतलगायत सदरमुकामबाट अन्यन्त्र जाने सवारीहरु रोकिएका छन् । बाहिर जिल्लाबाट आउने सवारी साधनहरु भने सिमखेतसम्म आउने गरेका छन् । आज बिहानदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । “राजमार्ग खुलाउने विषयमा स्थानीय तह,सडक कार्यालयसँग समन्वय भइरहेको छ” उनले भने । तल बाउली खोला भएकाले सडक पुनः सञ्चालनमा भने केही समय लाग्ने जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला पहिरो खस्ने र सडक भासिने हुँदा राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ ।