सामूहिक हत्या प्रकरण : अनुसन्धान प्रगतिउन्मुख

प्रदेश १ प्रहरी प्रमुख घटनास्थलमा  भविन कार्की 
शुक्रबार, भदौ २५, २०७८

किमाथाङ्का : सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल पुगेका छन् । घटनाको थप अनुसन्धान गर्न बुधबार प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक बिसी सामूहिक हत्या भएको घटनास्थलमादी–१ खोला गाउँमा आइपुगेका छन् । 
विभत्स हत्याको घटना रहस्यमयी बन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी आइपुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 
प्रहरीका विभिन्न टोलीले घटनाको सम्बन्धमा सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनले बताए । 
अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउन प्रहरी सक्रियरूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनको भनाइ थियो । घटना भएको चार दिन भइसक्दा पनि विभत्स हत्या प्रकरण रहस्यमै छ ।
हत्याकाण्डको अनुसन्धानमा प्रहरी उपरीक्षक दाहालको नेतृत्वको विशेष टोलीसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेस्टिगेसन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिब ४० जना प्रहरी घटनास्थल आसपास परिचालन गरिएको उनको भनाइ छ । 
हत्या अनुसन्धानलाई फराकिलो रूपमा गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दे प्रहरीका विभिन्न निकायका टोली बोलाएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । 
अनुसन्धानका क्रममा मृतकको घरमा घरभित्र खानतलासी गर्दा रु चार लाख ७१ हजार र केही सुनका गरगहना सुरक्षितरूपमा फेला परेकाले त्यहाँ कुनै लुटपाट नभएको प्रहरीको दाबी छ । घटनाको अनुसन्धानमा ल्याइएका तालिमप्राप्त कुकुरले केही तथ्य पत्ता लगाउन नसकेपछि मङ्गलबार धरान फर्किएको छ ।

सीआईबीको प्रहरी टोली घटनास्थलमै 

सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि सङ्खुवासभा आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीको घटनास्थल खोला गाउँमै छ । घटनाको थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीको नेतृत्व गर्दै प्रहरी नायब उपरीक्षक रुकमबहादुर कुँवरसहित टोली मङ्गलबार घटनास्थल आइपुगेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, भदौ २५, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, भदौ २५, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, भदौ २५, २०७८