सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) मा सैन्य अंश नभएको प्रस्ट्याउन नेपाल भ्रमणमा आएको बताएको छ । यहाँस्थित अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गरी नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको उक्त कार्यक्रमलाई गति दिन चाल्नुपर्ने भावी कदमबारे विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग छलफल गर्न नेपाल आएको बताएको छ । ‘अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे सुन्न उहाँको भ्रमण भएको हो’ विज्ञप्तिमा भनिएको छ । उपाध्यक्ष सुमारले एमसिसी अनुदानमा सैनिक अंश नरहेको तथा सम्झौताले नेपालको सार्वभौमिकतामा अवरोध नगर्ने र नेपालको संविधानभन्दामाथि सम्झौता नरहेको वास्तविकतालाई विशेषरूपमा सुनिश्चित एवं पुष्टि गर्नुहुने जनाइएको छ । पाँच वर्षअघि एमसिसीसम्बन्धी सम्झौता वार्ता र त्यसमा हस्ताक्षर हुनुअघि नेपालले भरपर्दाे विद्युत् तथा सबै नेपालीका लागि कम ऊर्जा र यातायात लागतयुक्त पाँचवर्षे अनुदान कार्यक्रम तर्जुमा गरेको विज्ञप्तिमा उल्लेख छ ।