सम्पत्ति हडप्न खोजेको भन्दै 'बाबा'लाई कुटीमा प्रवेश निषेध

बिहीबार, भदौ २४, २०७८

सिरहा :  सिरहाको कर्जन्हा नगरपालिका १ बल्टिया कुटीका बाबा (महन्थ) लक्ष्मीनारायण यादवलाई स्थानीयले निषेध गरेका छन् । कुटीको सम्पत्ति हडप्न खोजेको, कुटीमा बस्दै आएकी ७० वर्षीया सन्यासी माईरामनीको हत्या गरेको भन्दै स्थानीयले बाबालाई अब कुट्टीमा बस्न नदिने अडान राखेका हुन् । कुटीमा बस्दै आएकी सन्यासी माईरामनी एक महिनाअघि पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । स्थानीयले भने बाबाले नै हत्या गरेको आरोप लगाउँदै आएका छन् । महिला सन्यासी मृत घटनापछि आक्रोशित स्थानीयले बाबालाई कुटी प्रवेशमा रोक लगाएका हुन् । घटनापछि प्रहरीले बाबालाई नियन्त्रणमा लिएको थियो । आत्महत्या भएकोले उनलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा तारिखमा छोडेको छ । बाबालाई प्रहरीले छोडे पनि स्थानीयले कुटीमा प्रवेश दिएका छैनन् । बाबालाई कुटीमा स्थापित गराउने विषयमा मंगलबार प्रहरी, स्थानीय र बाबा पक्षबीच वार्ता गर्न बाबाजी कुटीमा आए पनि स्थानीयले बस्न दिएनन् । कुटीमा बसेर छलफल गर्ने अवस्था नभएपछि प्रहरीले घेरा हालेर बाबालाई गाउँबाट निकालेको थियो । बाबालाई निकाल्ने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले अश्रुर ग्यास र प्लाष्टिकका गोली प्रहार गरेको कर्जन्हा नगरपालिकाका उपप्रमुख ज्ञानु श्रेष्ठले जानकारी दिइन् । झडपको क्रममा दुई प्रहरी र दुई स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । कर्जन्हाका मेयर गंगा पासवानले बाबाको विषयमा कर्जन्हा नगरपालिकामा छानविनको लागि निवेदन परेको बताए । उनले भने, ‘बाबाको विषयमा नगरपालिकाको न्याय समितिमा निवेदन परेको छ, त्यहाँको छलफलले के गर्छ त्यहीँ अनुसार अगाडि बढ्छौं ।’ यता बाबा लक्ष्मीनारायणले आफ्ना गुरु महन्थ हरि दासले आफ्नो नाममा रहेको ६ विघा १० कठ्ठा जमिन आफ्नो नाममा गरेको बताए । सोही जमिनमध्ये केही जमिन मन्दिर बनाउँदा परेको ऋण तिर्नलाई बेच्न खोज्दा वडाध्यक्ष मोहन शाहीले भाग खोजेको आरोप लगाए । जमिन बेच्न सिफारिस लिन जाँदा वडाध्यक्षले केही जमिन वडालाई पनि दिनुपर्ने शर्त राखेको बाबाको भनाइ छ । यता वडाध्यक्ष शाहीले कुटीको जमिन भएकोले स्थानीय गाउले र स्थानीय सरकारको मन्जुरी बेगर चलाउन नपाउने बताए । स्थानीयले भने बाबाले घरपरिवार र आफन्तलाई राखेर कुटीलाई निजी ढङ्गले प्रयोग गरेर हडप्न खोजिरहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, भदौ २४, २०७८