प्रधानमन्त्री देउवाभन्दा अघि नै ओली भेट्दै एमसीसी उपाध्यक्ष फातिमा 

बिहीबार, भदौ २४, २०७८

काठमाडौं  :  चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै छिन् ।  बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् । ‘एमसीसी उपाध्यक्ष फातिमाले आज दिउँसो २ बजे बालकोटमा ओलीज्यूसँग भेट्ने कार्यक्रम छ’, ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने ।  ओलीसँगको भेटपछि फातिमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । ‘उपाध्यक्ष फातिमा र प्रधानमन्त्रीज्यूबीच भोलि भेट्ने कार्यक्रम छ’, प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले भने, ‘तर, समय तय भइसकेको छैन । भोलि भेट्नु हुन्छ । समय भने आज अबेरसम्ममा तय भइसक्छ ।’ त्योभन्दा अगाडि उनले विपक्षी दलका नेता एवं एमालेकअध्यक्ष ओलीसँग भेट गर्ने कार्यतालिका छ ।-न्युज कारखाना

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार