जेलमा आगलागी हुँदा ४१ को मृत्यु

बुधबार, भदौ २३, २०७८

जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  घाइते सबैलाई अस्पताल लगिएको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।  स्थानीय समयअनुसार बिहान २ः२० बजे आगलागी भएको थियो र बिहान ३ः३० बजे आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिए ।  इन्डोनेसियाको कानुन र मानव अधिकार मन्त्रालयका जेल विभागकी प्रवक्ता रिका अप्रियन्तीले भने ४० कैदी राख्नका लागी डिजाइन गरिएको भीडभाडमा १२२ जना बसिरहेको बताउनुभएको छ । प्रभावित ब्लकमा थुनामा रहेका कैदीहरूमध्ये धेरै लागुऔषधमा संलग्न रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार