पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

मंगलबार, भदौ २२, २०७८

मुग्लिन ।  पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो  खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार