सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सर्वोच्च बार एसोसिएसनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न र धम्कीपूर्ण भाषाको प्रयोग नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरूपमा नकरात्मक टीकाटिप्पणी गर्ने र धम्कीपूर्ण अभिव्यक्ति दिने गरी यही भदौ १८ गते गृहमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिप्रति बारले ध्यानाकर्षण जनाएको हो । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमा उल्लेख भएबमोजिम विचार र अभिव्यक्तिको स्वतन्त्रलाई कुण्ठित हुने गरी कुनै पनि निकायले जारी गरिएको विज्ञप्ति बारलाई मान्य नहुने उल्लेख छ । नेपालको संविधानको धारा १७ को उपधारा ९२० को खण्ड ९क० ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । जसअनुसार राज्यभित्र हुने जुनसुकै क्रियाकलापको स्वस्थ टीकाटिप्पणी गर्न पाउने हकबाट कुनै पनि नागरिकलाई वञ्चित गर्न नपाउने विज्ञप्तिमा छ ।