काठमाडौंमा फेरि रात भर वर्षा

मंगलबार, भदौ २२, २०७८

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा रातभर वर्षा भएको छ । आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो । सोमबार दिउँसो काठमाडौंको मौसम सफा रहे पनि राति ९ बजेबाट पुन: वर्षा हुन थालेको हाे । उत्तर पश्चिमी बंगालको खांडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुनी गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसम मंगलबारसम्म प्रतिकूल रहने महाशाखाको पूर्वानुमान छ । राति वाग्मती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएकाे थियाे । 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार