सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिरहेका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङले सैनिक विशेष अदालतबाट सफाइ पाएका छन् । सैनिक विशेष अदालतमा परेको पुनरावेदनमा भएको सुनुवाइबाट उनीहरु दुवैले सफाइ पाएका हुन् । अमल्दार गुरुङ र सिपाही तामाङलाई सोही वर्षको चैत १८ गतेबाट गणना हुने गरी तीन वर्ष पदोन्नति रोक्का र साविककै दर्जामा पुनःवहाली गर्ने अदालतबाट भदौ १७ गते भएको फैसला कार्यान्वयनमा गइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।