अफगानिस्तानबाट उद्धार गरिएका दशजना नेपाली काठमाडौं आएपुगे 

बिहीबार, भदौ १७, २०७८

काठमाडौँ । बिहीबार अफगानिस्तानबाट १० नेपाली स्वदेश आएका छन् । उनीहरुलाई सरकारले उद्धार गरी स्वदेश ल्याएको हो । नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका १० जना आज यहाँ आइपुगेका बताएको हो । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ८५७ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आज अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । आगमनपछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।  अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार