सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा सोमबार कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा सोमबार कारोवार भएको थियो ।