भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा संचालन गर्न संसदीय समितिको निर्देशन

मंगलबार, भदौ ८, २०७८
Global Ime Bank

काठमाडौं । यसअघि दुई पटक परीक्षा तालिक सार्वजनिक भएर स्थागित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिएकी हुन् । गत जेठ २६ गते देखि परीक्षा लिने भन्दै पहिलो पटक परीक्षा तालिकका सार्वजनिक भएको थियो । कोरोना महामारी बढेको भन्दै एसईई तथा कक्षा १२ को परीक्षा स्थागित गरिएको थियो । दोस्रो पटक भदौ ३१ गतेदेखि परीक्षा लिने भन्दै समय तालिका सार्वजनिक गरिएको थियो । यो परीक्षा पनि स्वास्थ्य मन्त्रालयको निर्देशनमा स्थागित भएको थियो । एसईईका विद्यालयको आन्तरिक मूल्याङकनका आधारमा नतिजा सार्वजनिक भइसकेको छ । तर कक्षा १२ को परीक्षा बारे अन्योल कायमै छ ।  समितिमा उपस्थित शिक्षा मन्त्रालयका पदाधिकारीले पनि संक्रमणको जोखिम कायमै रहे पनि कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको जानकारी दिएका थिए । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।  परीक्षा दिने तयारीमा रहेका ३ लाख ९६ हजार विद्यार्थीलाई खोप लगाउने तयारी समेत भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार