राजबहादुर शाह बने सबैभन्दा धेरै कर तिर्ने व्यक्ति, संस्थागततर्फ सूर्य नेपाल

मंगलबार, मंसिर १, २०८३

काठमाडौ‌ । सरकारले व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने राजबहादुर शाहलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेको हुन् । यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१–८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको घोषणा गरेको हो । जसमा सबैभन्दा बढी कर शाहले तिरेकाले उनलाई सम्मान गरिएको हो । यस पटक निकायहरू मध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा सूर्य नेपाल प्रा।लि पर्न सफल भएको छ । अघिल्लो वर्ष नेपाल  सूर्य नेपालसहित अन्य १९ निकायलाई पनि सम्मानित भएका छन् । हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार