पहिरोले विद्यालय भवन जोखिममा 

बिहीबार, साउन २८, २०७८
Global Ime Bank

बझाङ । केदारस्यँ गाउँपालिका–६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिराले बगाएकाले  भवन पनि जोखिममा परेको हो । साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्राङ्गण पहिराले लगेकोे प्रधानाध्यापक मानबहादुर धामीले बताए । उनले भने, ‘लगातारको वर्षाका कारण भवनसमेत  भत्कने खतरा छ । भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो ।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन् । वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको प्राङ्गण पनि पहिराले बगाएको बताए । उनले भने, ‘अहिले त विद्यालय बन्द छ खुला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ । विद्यालय भवन अन्त बनाउनका लागि जग्गाको खोजी गरिरहेका छौं, भेट्टाएका छैनौँ, कतै पाइएमा चाँडै  भवन अन्तै सार्ने योजनामा छौं ।’–रासस 
 
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार