‘प्राड विवाक जर्नल २०८३’ विमोचन

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं । नेपाली सेनाको प्राड विवाक स्थापनाको ६४औँ वार्षिकोत्सवका अवसरमा ‘प्राड विवाक जर्नल २०८३’ विमोचन गरिएको छ । जंगी अड्डामा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले जर्नल विमोचन गरेका हुन् । कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान पु¥याएका विशेष सैनिक अदालतका पूर्व न्यायाधीश तथा सदस्य र पूर्व सैनिक प्राड रथीवृन्द तथा अधिकृत गरी ६ जनालाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ । सेना प्राड विवाकसँग सम्बन्धित कार्यमा सहजता र एकरूपता कायम गर्नुका साथै कार्यसम्पादनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘लिगल सेमिनार २०८३’ पनि आजै सम्पन्न भएको छ । सेमिनारको समापन प्रधान सेनापति महारथी अशोकराज सिग्देलले गरेका हुन् । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरू, नेपाल सरकारका सचिवहरू तथा नेपाली सेनाका रथीवृन्द र प्राड अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार