आंशिक प्राध्यापकका समस्या समाधान गर्न त्रिविले गठन गर्‍यो समिति 

बुधबार, साउन २७, २०७८
Global Ime Bank

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले आंशिक्ष शिक्षकहरुको समस्या समाधान गर्न अनुगमन निर्देशनालयका सह–प्राध्यापक विष्णुप्रसाद वाग्लेको संयोजकत्मा ७ सदस्यीय समिति गठन गरेको छ । त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले २२ साउनमा अनुगमन निर्देशनालयका सह–प्राध्यापक वाग्लेलाई सम्बोधन गरी पठाएको पत्रमा समिति गठन गरिएको उल्लेख छ । 
समिति सदस्यमा अनुगमन निर्देशनालयका सह–प्रा.केशवराज शर्मा, आंशिक शिक्षकका तर्फबाट  गोकुल लेछर्वु लिम्बु, राजेन्द्र आचार्य, विष्णु सापकोटा, ललितबहादुर विष्ट तथा सुरेन्द्र उपे्रती राखिएको छ । उपकुलपति बास्कोटाले वाग्लेलाई सम्बोधन गरी प्रेषित गरेको पत्रमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायहरुका आवश्यकताका आधारमा विगत लामो समयदेखि आशिंक शिक्षकहरु नियुक्ति गरी कार्य सञ्चालन गरिँदै आएको उल्लेख छ । 
पत्रमा अघि भनिएको छ, ‘विश्व विद्यालयमा अन्य कार्यक्रमहरुसमेत थप गरी सञ्चालन हुँदै आइरहेको छ । विश्व विद्यालयमा आंशिक शिक्षकहरुको व्यवस्थापन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४–८–८ को निर्णयबाट १४२० दरबन्दी स्वीकृत भएको तर बजेट रकम उपलव्ध नभएको हुँदा सो बजेट उपलव्ध गराई दिन एवं नयाँ थप ५८० दरबन्दी स्वीकृत गरिदिनसमेतका लागि त्रिवि कार्यकारी परिषदबाट मिति २०७८–४–२० मा सम्बन्धित निकायमा पठाउने निर्णय भएकाले सोका लागि आवश्यक पहल एवं समन्य गर्न तपाईको संयोजकत्वमा देहाय बमोजि समिति गठन गरिएको छ । विश्व विद्यालयलाई स्वीकृत दरबन्दी कार्यान्वयन र  थप दरबन्दी उपलव्ध गरराउन आवश्यक पहल गर्न अनुरोध छ ।’ आंशिक प्राध्यापकहरुले आफूहरुसँग त्रिविले यसअघि गरेको सम्झौता कार्यावन्यनको माग गर्दै चरणबद्ध आन्दोलन गर्र्दै आएका छन् । आन्दोलनकै क्रममा उनीहरुले त्रिविको रजिष्टार, उपकुलपति कार्यालय तथा रेक्टर कार्यालयमा गत साउन ८ गते तालबन्दी गरेका थिए । त्रिविका तीन महत्वपूर्ण कार्यालयमा आफूहरुले तालाबन्दी गरेपछि त्रिविले साउन १८ गते त्रिवि सेवा आयोगका प्रक्रिया स्थगित गरेको समितिका सदस्य आंशिक्ष शिक्षक (उपप्राध्यापक) विष्णु सापकोटाले जानकारी दिए । 
अहिले त्रिविका २२ सय को हाराहारीमा आंशिक शिक्षक छन् । यी २०६५ साल यता नियुक्ति भएका हुन् । आन्दोलनकै क्रममा त्रिवि आंशिक प्राध्यापकहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, गठबन्धन दलमा सहभागी नेताहरुलाइै भेट गरी आफ्ना समस्या अवगत गराएका थिए ।  प्रधानमन्त्रीलाई पनि आफूहरुले भोग्दै आएको समस्याका बारेमा अवगत गराएको आंशिक प्राध्यापक विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा गठन भएको सरकार गठबन्धन सरकार भएको स्मरण गराउँदै तपाईहरुका समस्या समाधान गर्न आफूले गठबन्धन दलहरुसँग छलफल गरी समस्या समाधान गर्ने बचन दिनु भएको समितिका सदस्य सापकोटाले जानकारी दिए ।  

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार