सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा जगेडा हुने करिब ८६ मेगावाट विद्युत भारतमा बिक्री गर्ने निर्णय गरेको छ । प्राधिकरणका अनुसार आफ्ना ग्राहकलाई बिक्री गरेपछि बाँकी हुने विद्युत टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्सचेन्जमा बिक्री गरिनेछ । प्राधिकरण सञ्चालक समितिले विद्युत नियमन आयोगको सहमतिपछि विद्युत खरिद–बिक्री सम्झौताको मस्यौदा स्वीकृत गर्दै बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्णयअनुसार आगामी १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्म हाललाई ८५ दशमलव ६ मेगावाट विद्युत भारतमा बिक्री गरिनेछ। दुई पक्षको सहमतिमा भविष्यमा विद्युतको मात्रा थप गर्न सकिने व्यवस्था समेत रहेको छ । सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सम्झौतामा प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्न कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई अख्तियारी दिएका छन् ।