ससुराको हत्या आरोपमा बुहारी पक्राउ

बुधबार, असोज १४, २०८३

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाही साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट प्रहरीले धारिलो खुर्पासमेत बरामद गरेको थियो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतककी माइली बुहारी शर्मिला शाहीको हत्यामा संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको हो । पक्राउ परेकी शर्मिलालाई अदालतमा उपस्थित गराएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुधिरकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार