भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

शनिबार, असोज १०, २०८३

काठमाडौं । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाएकाे हाे भने जिल्ला प्रशासन कार्यालय बैतडीले आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाएकाे हाे । मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका हुन् । दार्चुला ‘अति जोखिम’ वर्गमा रहेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुवै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचालाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार