सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । लगातारको वर्षाका कारण रुख ढल्दा सुर्खेतको वीरेन्द्रनगर–सुब्बाकुना–रामघाट ३३ केभी विद्युत् लाइनमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार वर्षाका कारण ढलेको रुखले ३३ केभी लाइनमा क्षति पुर्याएपछि रामघाट सबस्टेसन, राकम सबस्टेसन तथा जाजरकोटतर्फ जाने विद्युत् लाइनसमेत बन्द भएको हो । विद्युत् लाइन अवरुद्ध भएपछि रामघाट, राकम तथा जाजरकोटतर्फका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ । लगातारको वर्षाका कारण अवरुद्ध लाइन मर्मत तथा पुनः सञ्चालनमा समेत समस्या भइरहेको जनाइएको छ । क्षतिग्रस्त स्थानमा प्राविधिक टोली परिचालन गरी रुख हटाउने तथा लाइन मर्मतको काम भइरहेको प्राधिकरण सुर्खेतले जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि विद्युत् सेवा क्रमशः सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।