तथ्यहीन र अतिरञ्जित अरोप पुष्टि गर्न गोदावरी नगरपालिकाको चुनौती 

टिकटक मार्फत लगाइएको आरोपविरुद्ध आवश्यक प्रकिया सुरु
सोमबार, साउन १८, २०८३

बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिकाले पालिकाका जनप्रतिनिधिमाथि सामाजिक सञ्जाल प्लेटफर्म मार्फत लगाइएका आधारहीन र कपोलकल्पित अरोपविरुद्ध आवश्यक  प्रक्रिया अघि बढाएको जनाएको छ ।  पलिकाद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको दुरुपयोग गरी कपोलकल्पित तथा भ्रामक सूचना सम्प्रेषण गर्ने, चरित्र हत्या गर्ने, गालीगलौज तथा मानहानीजन्य अभिव्यक्ति दिने कार्यलाई सामान्य आलोचना रुपमा मात्रै नलिने उल्लेख गरेको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘ प्रचलित कानुन भ्रष्टाचार लगायतका विषयमा तथ्यहीन र अतिरञ्जित सामग्री प्रस्तुत गरिएको उल्लेख छ ।  पालिकाले उक्त टिकटकमा प्रस्तुत गरिएको अभिव्यक्तिप्रति गोदावरी नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा भनिएको जस्तो भ्रष्टाचार वा अनियमितता कहिँकतै नभएको जनाउँदै ती अभिव्यक्तिप्रति नगरपालिका ठाडो चुनौती दिन्छ ।’ लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने, आलोचना गर्ने र सार्वजनिक पदाधिकारीसँग जवाफदेहिता माग्ने अधिकार सबैलाई हुने उल्लेख गर्दैअरुको प्रतिष्ठामा आँच पुग्ने गरी रिस, डाहसहित यस्ता अभिव्यक्ति व्यक्त गर्नु कदापि उचित नभएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो गैरकानुनी काम हो ।’  नगरपालिका तथा जनप्रतिनिधिको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले प्रमाण र तथ्य विना नै सामाजिक सञ्जाल मार्फत व्यक्त अभिव्यक्तिले नागरिकमा भ्रम सिर्जना गर्नुका साथै सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर पार्छ ।’ नगरपालिका र जनप्रतिनिधिको आलोचना तथा रचनात्मक सुझावलाई सदैव सम्मान गर्दै तथ्यमा आधारित बहस, पारदर्शिता, जवाफदेहिता र स्वस्थ सार्वजनिक संवादको संस्कृतिलाई प्रवद्र्धन गर्न पालिकाले विज्ञप्ति मार्फत हादिएक अपिल गरेको छ । 

39e3c31f-db96-4c20-92e0-92bb36bb125f-1785773081.jpg
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार