बैंकिङ कसुरसम्बन्धी मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ

बुधबार, साउन ६, २०८३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाललाई पक्राउ गरेको छ । सीआईबीका अनुसार अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनी शंकर ग्रुपका अध्यक्ष हुन् । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गरिएको छ । प्रहरीले घटनासम्बन्धी थप कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार