शरणार्थी ठगी काण्डमा पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

मंगलबार, असार ३०, २०८३

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन संगठित अपराधमा पूर्वसचिव टेकनारायण पाण्डे दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । पूर्व सचिव टेकनारायण पाण्डेलाई ठगीमा २ वर्ष कैद र १५ हजार जरिवाना गरिएको छ । संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना गरिएको छ । त्यसैगरी राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको छ । राज्यविरुद्धकै अभियोगमा थप ६ महिना सजाय भोग्नु पर्ने पनि फैसलामा उल्लेख छ । एकीकृततर्फ ४ वर्ष ४० हजार रुपैयाँ जरिवाना तोकिएको हो । जिल्ला अदालतले शणार्थी प्रकरणसम्बन्धी प्रकरणमा मंगलबार निर्णय सुनाइएको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाएका हुन् ।  राजनीतिक नेता, सरकारका वरिष्ठ कर्मचारी र नेता संरक्षित विचलिया संलग्न यो मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो । १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार