पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

मंगलबार, असार ३०, २०८३

काठमाडौं ।  पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय भएको छ ।  जिल्ला अदालत, काठमाडौँले मंगलबार खाणलाई दुई वर्ष कैद सजाय सुनाएको हो । यससँगै उनलाई २० हजार जरिवाना पनि तोकिएको छ ।  उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना गरिएको छ । त्यस्तै, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ ।  यसैगरी, राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको जिल्ला अदालतको फैसालमा उल्लेख छ। यससँगै थप तीन महिना कैद तोकिएको छ ।  अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तोकेको छ। सबैभन्दा बढी एकीकृत कसुरमा सजाय तोकिएकाले उनले दुई वर्ष कैद र २० हजार जरिवाना भोग्नुपर्नेछ। 
नक्कली भुटानी शरणार्थीसम्बन्धी सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइ पछि जिल्ला अदालतले सजाय तोकेको हो । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको हो । 
यस मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो । जसमा १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए । 
 दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई,  सन्देश शर्मा, डा। इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी,  शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जनकुमार खरेल र बेचन झा रहेका छन् । सफाइ पाउनेमा भने रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार