सुनको मूल्य सामान्य बढ्यो

आइतबार, असार २८, २०८३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० मा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार