पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि मेयर राजेशमान सिंह पक्राउ

मंगलबार, जेठ १९, २०८३

काठमाडौं । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो । पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरूद्ध जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार