अन्जन श्रेष्ठले लिए अध्यक्ष पदको शपथ ग्रहण

बिहीबार, वैशाख २४, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । आज महासंघका नव निर्वाचित कार्यकारिणी समितीका सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत सपथ ग्रहण गराएका हुन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार