सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त भेट लगभग २० मिनेटसम्म चलेको छ । भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयका साथै विकास सहायता सम्बन्धी विभिन्न पक्षमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ । दुवै पक्षले आपसी साझेदारी विस्तार तथा सहकार्यका सम्भावित क्षेत्रहरूबारे विचार–विमर्श गरेको जनाइएको छ।