पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

शुक्रबार, वैशाख ११, २०८३

काठमाडौं । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।  सार्वजनिक खरिद प्रणालीमा अनधिकृत हस्तक्षेप गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरिएको घटनामा अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा अनुसन्धान अघि बढाइरहेको छ । सोही सिलसिलामा पाण्डेलाई पक्राउ गरिएको हो । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  २१:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार