सुनचाँदीको मूल्यमा वृद्धि

मंगलबार, वैशाख १, २०८३

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तीन हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि आज बढेको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार