सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासदेखि २०८१-८२ को चौथो त्रैमाससम्मको तथ्याङ्क विश्लेषण गर्दा घरजग्गा कारोबारमा उतारचढावका बीच सकारात्मक सुधार देखिएको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा कुल कारोबार संख्या ०.४५६ मिलियन (करिब ४ लाख ५६ हजार) पुगेको छ, जुन यो अवधिभरकै सबैभन्दा उच्च हो । यसले विगतको मन्दीबाट घरजग्गा क्षेत्र क्रमशः तंग्रिदै गएको संकेत गर्दछ । घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रभाव देखिएको छ । मनसुनका कारण प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार संख्या घट्ने गरेको पाइएको छ । तर, दोस्रो त्रैमासपछि बढ्न सुरु गर्ने कारोबार संख्या तेस्रो र चौथो त्रैमासमा पुग्दा उच्च विन्दुमा पुग्ने गरेको छ । विशेषगरी राजीनामा (लिखत पास) तर्फको कारोबारलाई हेर्दा, पछिल्लो १२ त्रैमासमा यसको संख्या बढ्दो क्रममा छ । पछिल्लो तीन आर्थिक वर्षमा औसतमा प्रति त्रैमास ८७ हजार ३५४ वटा राजीनामा कारोबार भएका छन् । २०८१-८२ को चौथो त्रैमासमा मात्रै १ लाख १४ हजार ७६९ वटा राजीनामा लिखत पास भएका छन्, जुन हालसम्मकै उच्च रेकर्ड हो । त्रैमासिक आधारमा हेर्दा, आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमासमा सबैभन्दा उच्च ३८.१३ प्रतिशतको वृद्धि देखिएको थियो । यसको विपरित, २०८१-८२ को पहिलो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा ३२.३९ प्रतिशतको भारी गिरावट आएको थियो । आर्थिक वर्ष २०७९-८० र २०८०-८१ मा तेस्रो त्रैमासमा उच्च वृद्धि देखिएपनि २०८१-८२ मा भने चौथो त्रैमासमा सबैभन्दा बढी वृद्धिदर देखिएको छ । मौसमी प्रभावका कारण बजारको वास्तविक अवस्था बुझ्न वार्षिक तुलनालाई उपयुक्त मानिन्छ । वार्षिक आधारमा विश्लेषण गर्दा राजीनामा कारोबारको प्रवृत्ति केही घट्दो क्रममा देखिए पनि २०८१-८२ को चौथो त्रैमासमा आएको सुधार (च्भदयगलम) ले बजारमा नयाँ उत्साह थपेको छ । घरजग्गा कारोबारमा आएको यो बढोत्तरीले समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कारोबार संख्याका साथै जग्गाको क्षेत्रफल र घोषित मूल्यका आधारमा पनि बजार विस्तारै चलायमान हुँदै गएको अध्ययनले देखाएको छ ।