सुनचाँदीको मूल्य बढ्यो

आइतबार, चैत २९, २०८२

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार