महासंघको कार्यकारिणी बैठक बैशाख ९ गतेलाई सारियो

शनिबार, चैत २८, २०८२

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी समितिको बैठक स्थगित भई नयाँ मिति तय गरिएको छ। महासंघले यसअघि आज शनिबारका लागि कार्यकारिणी समितिको सोह्रौं बैठक आयोजना गर्ने तय गरेको थियो । तर उच्च अदालत पाटन बाट ६०औं वार्षिक साधारण सभा स्थगन गर्न अन्तरिम आदेश जारी भएपछि बैठक सारिएको हो । महासंघको बीसौं पदाधिकारी समिति बैठकले कार्यकारिणी समितिको बैठक आगामी २०८३ बैशाख ९ गते बुधबारका लागि तय गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार