सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सेयर बजारले बुधबार २८०२ अंक नाघेको छ । नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम भएको छ। कारोबार रकम ८ अर्ब ३१ करोड पुगेको छ जुन अघिल्लो दिनको ६ अर्ब ७३ करोडभन्दा बढी हो । बुधबार २ सय ५१ वटा सेयरको मूल्य बढेको छ। सूचक नेपसे ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको दिन चार वटा सेयरमा सर्किट ब्रेक लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रो र होटल फरेस्ट इनको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता क्रमशः ३५४.५०, ११८.५०, ६२.२० र ५६.३० रुपैयाँ आम्दानी गरेका हुन् । यस दिन सुपर खुदीका लगानीकर्ताले पनि प्रतिकित्ता ७७ रुपैयाँ ७० पैसा आर्जन गरेका छन् । तर १५ वटा सेयरको मूल्य भने घटेको छ। लगानीकर्ताहरुले ४.३५ प्रतिशतसम्म प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। बुधबार सबैभन्दा बढी श्वेतगंगा हाइड्रोको ४.३५ प्रतिशतले मूल्य घटेको छ। बाँकी सेयर अधिकतम ३।२३ प्रतिशतसम्म मात्र घटेको छ। कारोबारमा आज एसवाई प्यानल अगाडि छ । कम्पनीको ४६ करोडको सेयर किनबेच भएको हो। यसबाहेक रिलायन्स स्पिनिङको ४२ करोड, शिवम् सिमेन्टको ३७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० करोडको कारोबार भएको छ। योसँगै बुधबार बजारमा ८ अर्ब ३१ करोड ८९ लाखको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बन्द हुँदाको यो अंक नै कारोबार अवधिभरको अधिकतम हो । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोडको भयो । २५१ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशत बढ्यो । बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, हाइड्रोपावर २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ तथा व्यापार ०.६१ प्रतिशत बढे । ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् । सान्भी इनर्जीको ९.२२ तथा बन्दीपुर केबुलकारको मूल्य ८.१८ प्रतिशत बढ्यो । स्वेत गंगा हाइड्रोपावरको ४.३५, माइखोला हाइड्रोपावरको ३.२३ तथा थ्रीस्टार हाइड्रोपावरको २.२८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्६, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर छन् ।