सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा जोखिम भार घटाएको छ । आइतबार एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ३ करोड रुपैयाँसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगसम्बन्धी कर्जामा ६० प्रतिशत मात्र जोखिम भार लागू हुने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिएको हुनुपर्ने वा धितो राखिएको घर–जग्गाको बजार मूल्यमा कम्तीमा २५ प्रतिशत मार्जिन कायम गरिएको हुनुपर्नेछ । साथै, लगानी हुने परियोजनाको बीमा गरिएको हुनुपर्ने प्रावधान पनि राखिएको छ । यसअघि २ करोड ५० लाख रुपैयाँसम्मका कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ अन्तर्गत राखी ७५ प्रतिशत जोखिम भार लागू हुँदै आएको थियो । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार कृषि, सूचना प्रविधि र एमएसएमई क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले जोखिम भार घटाइएको राष्ट्र बैंकले जनाएको छ ।