नयाँ वर्षको अवसरमा टीसीएलले ल्यायो आकर्षक क्यासब्याक र उपहार योजना

सोमबार, चैत २३, २०८२

काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नयाँ वर्ष २०८३ को अवसरमा नेपाली ग्राहकहरूका लागि ‘नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त होम अप्लायन्स र टेलिभिजनको खरिदमा विशेष लाभ र उत्साह प्रदान गर्ने उद्देश्य राखेको छ । योजना अन्तर्गत ग्राहकहरूले टीसीएलका विभिन्न उत्पादनहरू खरिद गर्दा २,००,०८३ रुपैयाँ सम्मको आकर्षक क्यासब्याकका साथै हरेक खरिदमा तत्कालै प्राप्त हुने ‘स्योर सट’ उपहारहरू सुनिश्चित गरिएको छ । यस विशेष अफरमा नेपालकै सबैभन्दा ठूलो क्युडी–मिनी एलईडी टिभी, अत्याधुनिक रेफ्रिजेरेटर, वाशिङ मेसिन, स्प्लिट तथा क्यासेट एयर कन्डिसनर, भीआरएफ सिस्टम र साउन्ड सिस्टम जस्ता आधुनिक उपकरणहरू समावेश गरिएका छन् । ग्राहकहरूको सुविधाका लागि कम्पनीले वाशिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट उपहार दिने र एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको व्यवस्था मिलाएको छ । साथै, सीजी एलेक्समार्फत ‘नागरिकता भए पुग्छ’ भन्ने सरल प्रक्रियाका आधारमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधासमेत उपलब्ध गराइएको छ, जसले ग्राहकहरूलाई खरिद प्रक्रियामा थप सहजता प्रदान गर्नेछ । विश्वव्यापी रूपमा गुणस्तर प्रमाणित गरी ‘ग्लोबल टप १’ ब्रान्डको रूपमा स्थापित टीसीएल अन्तर्राष्ट्रिय ओलम्पिकको समेत साझेदार रहेको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यी अफरहरू देशभरका आधिकारिक शोरुम तथा डिलरहरूमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नयाँ वर्षलाई थप स्मार्ट, सहज र आधुनिक बनाउन विश्वस्तरीय प्रविधि घरमा भित्र्याउन चाहने ग्राहकहरूका लागि यो एक उत्कृष्ट अवसर हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार