व्यवसायी शंकर अग्रवाल पक्राउ

शनिबार, चैत २१, २०८२

काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो । अग्रवाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको व्यूरोले जनाएको छ । अहिले अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । बिहीबारमात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार