सुनचाँदीको मूल्य घट्यो

बिहीबार, चैत १९, २०८२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार हिजो चाँदी प्रतितोला४ हजार ९४५ रुपैयाँमा कारोवार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार