सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्ने भएका छन् । बिहीबार बिहान ११ बजे अर्थ मन्त्रालयमा छलफल बोलाइएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिएका छन् । अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन् । यस्तै, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुने भएका छन् । राजश्व छली र चोरी पैठारी नियन्त्रण तथा कानून कार्यन्वयनका विषयमा अर्थमन्त्री वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने भएका छन् ।