सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै

बुधबार, चैत १८, २०८२

काठमाडौं ।  सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याउने तयारी गरेको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोहीमध्ये बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन अवधि वैशाख ६ गतेसम्म रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म म्याद थपिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार