जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, चैत १८, २०८२

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । इलाम ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार