एमाले लुम्बिनी प्रदेश सांसद शर्मालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति 

सोमबार, चैत १६, २०८२

काठमाडौं । बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालको इजलासले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो । 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार