सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले आइतबार पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा आइतबार बिहान पक्राउ गरिएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन आइतबार अपराह्न जिल्ला अदालतमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कासँग बयान लिने कार्य सुरु भए पनि उनीविरुद्धका प्रमाण बुझ्न र बयान गराउने लगायतका अनुसम्धान सम्बन्धी कार्य बाँकी रहेकाले हिरासतमा राख्न अनुमति मागेको थियो। विभागले गरेको माग मनासिव नदेखिएकोले अनुमति दिइएको जनाइएको छ । अदालतको आदेशमा भनिएको छ, ‘अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा निज प्रतिवादी दीपक खड्कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम मिति २०८२ चैत १५ गतेदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ।’