सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

मंगलबार, चैत १०, २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेकोे छ । सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार