सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य हवात्तै घटेको छ । सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदी ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५००मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य चार हजार ५४० कायम भएको छ । शुक्रबार चाँदी ४ हजार ८९५ कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।