यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

शनिबार, फागुन ३०, २०८२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(शनिबार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो प्रतिकिलो १८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, बन्दा (नरिबल) प्रतिकिलो १५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १५ रुपैयाँ, काउली तराई प्रतिकिलो २० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो २५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ७० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ३५ रुपैयाँ, तिते करेला प्रतिकिलो १०० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर (तराई) प्रतिकिलो १०० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो १० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो १० रुपैयाँ, सलगम प्रतिकिलो ४० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६५ रुपैयाँ, बरेला प्रतिकिलो ३० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ । रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ७० रुपैयाँ, चमसुर प्रतिकिलो ७० रुपैयाँ, तोरीसाग प्रतिकिलो २५ रुपैयाँ, मेथी प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ, बकुला प्रतिकिलो २५ रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ(डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ । स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ , स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २०० रुपैयाँ, अङ्गुर(कालो) प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १३० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ४० रुपैयाँ, रुख कटहर प्रतिकिलो १०० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २३० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, लप्सी प्रतिकिलो २८०, स्ट्रबेरी प्रतिकिलो ३०० रुपैयाँ, किबी प्रतिकिलो ३०० र एभोकाडो प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार