अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी

शनिबार, फागुन ३०, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल टुथ सोसल मार्फत इरानको खार्ग टापुमा भएका सबै सैन्य लक्ष्यहरू ‘पूर्ण रूपमा नष्ट’ भएको बताएका छन् । उनले लेखेका छन,‘अहिले केही क्षणअघि मेरो निर्देशनमा, अमेरिकी सेन्ट्रल कमाण्डले मध्यपूर्वको इतिहासकै एक शक्तिशाली बमबारी सञ्चालन ग¥यो र इरानको क्राउन ज्वेल, खार्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरियो ।’ राष्ट्रपतिले थपे,‘मैले टापुमा रहेको तेल पूर्वाधार नष्ट नगर्ने निर्णय गरेको छु । तर यदि इरान वा अरू कसैले हर्मुज स्ट्रेटमार्फत जहाजहरूको स्वतन्त्र र सुरक्षित मार्गमा हस्तक्षेप गर्ने प्रयास गर्यो भने म यो निर्णय तत्काल पुनर्विचार गर्नेछु ।’ इरानी खाताम अल–अन्बिय्या सेन्ट्रल हेडक्वार्टरका प्रवक्ताले शनिबार चेतावनी दिएका छन् कि ‘ऊर्जा पूर्वाधार र बन्दरगाहमा सबैभन्दा सानो हमला भए पनि भयंकर र नाशकारी प्रतिक्रिया हुनेछ ।’ उनीहरूले भनेका छन,‘यदि यस्तो आक्रमण भयो भने, क्षेत्रका सबै तेल र ग्यास पूर्वाधार, जसमा अमेरिका र उसका पश्चिमी सहयोगीहरूको हिस्सेदारी छ, जलेर नष्ट गरिनेछ ।’ इरानको किनारदेखि करिब २४ किलोमिटर टाढा अवस्थित खार्ग टापु, देशको ९० प्रतिशत तेल निर्यातको टर्मिनलको रूपमा प्रयोग हुन्छ । यस घटनाले क्षेत्रीय तनावलाई थप बढाउने र अन्तर्राष्ट्रिय समुद्री मार्ग सुरक्षा सम्बन्धी चिन्ता बढाउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार