सुनचाँदीको मूल्यमा सामान्य गिरावट

शुक्रबार, फागुन २९, २०८२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ । बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार